काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएका कुनै पनि तहका नेता कार्यकर्ता वा सदस्यलाई कारबाही गर्नुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले माग राखेका छन् ।
पार्टी केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो लिखित माग दर्ज गर्दै शरणार्थी प्रकरणमा संलग्न भएका बालकृष्ण खाँणसहित सबैलाई संसदबाट जस्तै पार्टीबाट पनि निलम्बन गर्नुपर्ने माग गरेका हुन् ।
उनले थप भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका तथा अनुसन्धानको दायरामा आएका कुनै पनि तहका नेता, कार्यकर्ता वा सदस्यलाई पार्टीबाट निलम्बन गरौं । जसरी संसदबाट निलम्बन हुन्छ, त्यसरी पार्टीबाट पनि हुन्छ। यो नै विधिको शासन र विधिशास्त्रको मान्यता हो।’
के छ उनको १३ बुँदे मागमा ?