घाँटीमा लगाएको सिक्रीका लागि प्रहरी वरिष्ठ नायब निरीक्षक पौडेलको हत्या

आजभोलि

गलकोट । प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको कुटपिटपछि हत्या गरेको खुलेको छ ।

बागलुङको बडिगाड गाउँपालिका–६ स्थित आशा होटल एण्ड खाजा घरमा सोमबार राति मृत भेटिएका पौडेलको हत्या होटल सञ्चालक आशा कुँवर र उनका छोरा विनोद कुँवरले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

सामान्य विवादको क्रममा होटल सञ्चालक कुँवरका आमा छोराले पौडेलको टाउकोमा मुक्का प्रहार गरी छातीमा लात्तीले हानेर बेहोस भएपछि कपडाले घाँटी कसेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

पौडेलको मृत्यु भएपछि उनले घाँटीमा लगाएको सुनको सिक्री निकाली भान्छा कोठाको दराजमा लुकाएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । प्रहरीले ५१ वर्षीय आशा र २० वर्षीय विनोदलाई मङ्गलबार घटनास्थलबाटै पक्राउ गरेको थियो ।

 

  • १० श्रावण २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !