मुख्यमन्त्रीका लागि दाबी गर्न कोशी प्रदेश प्रमुखको आह्वान

आजभोलि

काठमाडौँ । कोशी प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीका लागि दाबी गर्न आह्वान गरेका छन् ।

सर्वोच्च अदालतको बिहीबारको आदेशसँगै गठबन्धनको तर्फबाट असार २१ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसको प्रदेश संसदीय दलका नेता उद्धव थापाको नियुक्ति अवैधानिक भएसँगै प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीका लागि दाबी गर्न आह्वान गरेका हुन् ।

उनले साउन १६ गते अपराह्न ५ बजे (शुक्रबार)भित्र संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

गत असार २१ मा भएको मुख्यमन्त्री नियुक्ति तथा सरकार गठन सन्दर्भमा सर्वोच्च अदालतको आदेशबमोजिम नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘“जुन विन्दूबाट संविधानको प्रयोग र पालनामा त्रुटि भएको हो, सोही अवस्थाबाट संविधानसम्मत् तवरले प्रक्रिया अगाडि बढाउन मनासिब हुने देखिएको हुँदा मिति २०८०।४।१७ गतेभित्र नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेश सभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नू” भन्ने परमादेश जारी भएकोले सोही आधारमा नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कोशी प्रदेश सभाको सदस्यलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरी कोशी प्रदेश सरकार गठन गर्ने प्रयोजनका लागि मिति २०८०।४।१६ गते मंगलबार अपरान्ह ५ बजेभित्र आफ्नो दाबी पेस गर्न कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङ्गज्यूले आह्वान गर्नुभएको छ’, विज्ञप्तिमा भनिएको छ ।

363786852_1302399034003523_7596525475116622425_n

  • १२ श्रावण २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !