बझाङमा दलितको घर भत्काउने तीन जना प्रहरीको हिरासतमा

आजभोलि

अर्थ जङ्ग शाही
बझाङ । बझाङ जिल्लाको वित्थडचिर गाउँपालीकामा दलितको घर भत्काएको आरोपमा तीन जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

वडा नम्बर ७ मा रहेका केही गैरदलितहरुले दलितको लगाउदै गरेको घर र मकैबाली काटेर नष्ट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी परेको थियो ।

बित्थडचिर गाउँपालिका –७, स्यालढुङ्गाका पुट्के ओखेडाको घर भत्काएको आरोपमा प्रहरीले विहीबार स्थानीय धामी गाउँका भवानी जोशी, कृष्ण जोशी र नन्दलाल जोशीलाई गिरफ्तार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले पीडितले दिएको उजुरीअनुसार तीन जनालाई गिरफ्तार गरी अभद्र व्यवहारको मुद्दामा अनुसन्धान भइरहेको बताए । थप भण्डारीले भने, पिडितले उजुरी दिएको आधार समातेको र थप अनुसन्धान भईरहेको बताए ।

पीडित पुटके ओखेडाले स्थानीय ३०–३२ जनाको समूहले हाम्रो बस्तीनजिक दलितले घर बनाउन पाइँदैन भन्दै जातीय रुपमा गालीगलौच गरी घर भत्काएको बताए । घर मात्र हैन उता खेतबारीमा लगाएको अन्न बालिको पनि जोशीहरुले नष्ट गरेको पिडित ओखेडाले बताए ।

  • १२ श्रावण २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !