कोशी प्रदेशका सभामुख गौतमले दिए राजीनामा, मुख्यमन्त्रीमा कस्को दाबी ?

आजभोलि

 

विराटनगर । कोसी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् ।

उद्धव थापालाई सभामुख हुँदै मुख्यमन्त्रीमा समर्थन गरेपछि उनी विवादमा तानिएका थिए। त्यही विवादको कानुनी प्रश्न लिएर नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेपछि थापा नेतृत्वको सरकार नै ढलेका थियो ।

गौतमले सरकार नै बन्न नसक्ने अवस्थामा समेत सहयोग गर्न नपाउने अवस्था र सभामुखका रुपमा विवादमा तानिइसकेको अवस्थाका कारण आफूले सभामुख पद त्याग्ने निर्णय गरेको जानकारी दिएका छन् ।

काठमाडौंमा रहेका गौतम उपसभामुखलाई राजीनामा इमेल गरेर विराटनगर फर्किएका छन् । अब उनी नेकपा (माअ‍ोवादी केन्द्र)को संसदीय दलको सदस्य भएका छन् । यता मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले नै दाबी पेश गर्ने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले बहुमतको सरकार गठनका लागि मंगलबार साँझसम्मको समय दिएका छन् ।

गठबन्धनको तर्फबाट थापाले नै मुख्यमन्त्रीमा दाबी पेश गर्ने सहमति भएको स्रोतले बताएको छ ।

मंगलबार दिउँसो ४ बजेपछि प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित थापाले प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्ने स्रोतले जनाएको छ ।

गत असार २१ गते कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका ४६ प्रदेशसभा सदस्य र सभामुख गौतमको छुट्टै समर्थन लिएर थापा मुख्यमन्त्री नियुक्त भएका थिए । तर सर्वोच्च अदालतले सभामुखले समर्थन गरेर सरकार निर्माण गर्न नमिल्ने फैसला गरेपछि थापा पदमुक्त भएका थिए ।

अहिले उनै सभामुखलाई राजीनामा गराएर उनको समर्थनमा थापाले पुनः मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन् ।

९३ सदस्यीय प्रदेशसभामा कांग्रेस नेता थापालाई उनको पार्टीका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका एक गरी ४७ प्रदेशसभा सदस्यको समर्थन रहनेछ ।

  • १६ श्रावण २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !