बेइजिङमा बाढी : अहिलेसम्म २० को मृत्यु, १९ बेपत्ता

आजभोलि

चीनको राजधानी बेइजिङमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण यहाँ बाढीजस्तो अवस्था सिर्जना भएको छ, जसमा हालसम्म २० जनाको मृत्यु भइसकेको छ भने १९ जना बेपत्ता छन् । मिडिया रिपोर्टमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने दाबी गरिएको छ ।

सरकारी प्रसारक ‘सीसीटीभी’ का अनुसार अगस्ट १ मा भारी वर्षाका कारण रेलवे स्टेशनहरू बन्द गर्नुपरेको बताएको छ । यससँगै अलपत्र परेका रेल यात्रुहरूलाई तत्कालका लागि विद्यालयमा राखिएको छ । साथै,उनीहरूलाई सामग्री पुर्‍याउन सैन्य हेलिकप्टरहरू तैनाथ गरिएको छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार बाढीको पानीले मानिसको घर भरिएको छ र हजारौं मानिस प्रभावित भएका छन् । उसका अनुसार बेइजिङ र आसपासका क्षेत्रमा शनिबारदेखि भारी वर्षा सुरु भएको थियो, जुन करिब ४० घण्टासम्म चलेको थियो । अविरल वर्षाका कारण अवस्था निकै नाजुक बनेको छ ।

राजधानी बेइजिङमा सडकहरु खोला जस्तै देखिन थालेका छन् । ग्लोबल टाइम्सले मंगलबार आफ्नो रिपोर्टमा हालसम्म २० जनाको मृत्यु भएको र १९ जना बेपत्ता रहेको बताएको छ । बेपत्ता भएकाहरुको खोजी कार्य व्यापक रुपमा भइरहेको छ ।

  • १७ श्रावण २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !