अब देशको नेतृत्व युवाहरुको हातमा छ : मन्त्री लिम्बु

आजभोलि

काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले अबको देशको नेतृत्व युवाहरुको हातमा रहेको बताएका छन् ।

आज अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुक्रबार काठमाडौंको माइतीघर मण्डलमा आयोजित युवा पदयात्रा कार्यक्रमको उद्घाटन गर्दै मन्त्री लिम्बुले यस्तो बताएका हुन् । साथै उनले सरकारले देशभित्रै रोजगारीको सिर्जना गरेर युवालाई देश विकासमा लगाउने बताए ।

युवाहरूका समस्या सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको जनाउँदै मन्त्री लिम्बुले भने,‘सबै मिलेर मात्रै देश विकास हुन्छ । मुलुकमा धेरै राजनीतिक परिवर्तन भएका छन् तर जनताको आधारभूत आवश्यकता पूर्ति हुन सकेनन् भन्ने जुन खालको गुनासो छ । त्यसलाई सरकारले सम्बोधन गर्ने प्रयास गरिरहेको छ ।’

संविधानको माध्यमबाट थुप्रै कुराहरू सम्बोधन भइसकेको भन्दै युवा पुस्ता धेरै निराश हुनुपर्ने अवस्था नरहेको उनकाे भनाई थियाे । ‘युवाहरूको साथमा रहेर सँगसँगै अगाडि बढ्न चाहन्छौँ । सबै युवाहरूलाई लिएर अगाडि बढ्न, युवाको कुरा सुन्न तयार छौ,’ उनले भने,‘ त्यस कारण निराश नभईकन यो देशको नेतृत्व हामीले गर्ने हो । विकास गर्ने हो । त्यस कारण दिगो विकास प्राप्तिका लागि जस्तो परिस्थितिमा पनि मिलेर जाने सङ्कल्पलाई सरकारको तर्फबाट प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

युवा नीति परिमार्जनका लागि गृहकार्य भइरहेको बताउँदै मन्त्री लिम्बुले भने,‘युवा नीति परिमार्जन गर्ने विषयमा अगाडि बढी रहेका छौँ । युवालाई अगाडि बढाउने कार्यक्रमहरू पनि सुरु भइसकेका छन् ।  त्यसमा केही थप्न आवश्यक भए सुझाव दिन पनि आग्रह गर्न चाहन्छु ।’

  • २६ श्रावण २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !