काठमाडौँ । राष्ट्रिय परीक्षा बोडले आज साउन ३० गते कक्षा १२ को परिक्षा नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डमा केही समयअघि बसेको बैठकले आज नतिजा सार्वजनिक गरेको हो । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते परीक्षा सम्पन्न भएको थियो ।
कक्षा १२ को परीक्षामा देशभरका एक हजार ४ सय ५७ परीक्षा केन्द्रबाट करिब ४ लाख ६७ हजार ३ सय ८९ विद्यार्थी सहभागी भएका थिए ।
यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका बोर्डको स्रोतले जनाएको छ ।
नतिजा यसरी हेर्न सकिन्छ
कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np/ र नेपाल टेलिकमको वेबसाइट https://www.neb.ntc.net.np/ मा गएर हेर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ । त्यसका लागि लभद लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।