कम्युनिष्ट आन्दोलन जोगाउन प्रतिनिधिसभा विघटन गरियो : अध्यक्ष ओली

आजभोलि

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई जोगाउनका लागि प्रनिनिधिसभा विघटन गरेको बताएका छन् । पार्टी स्कुल विभाग, बागमती प्रदेश सङ्गठन कमिटीले आज आयोजना गरेको ‘प्रशिक्षक प्रशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन नगरेको भए देशको कम्युनिष्ट आन्दोलन समाप्त हुने थियो भने ।

“हामीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्न सिफारिस ग¥यौँ त्यो विघटन ठीक थियो। नगरि नहुने थियो, त्यसैले ग¥यौँ”, उनले भने, “यदि हामीले प्रतिनिधिसभा विघटन नगरेको भए हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो । ध्वस्त पार्ने षड्यन्त्र थियो । हामीलाई झुन्ड्याउन जुन डोरी उनीहरूले तयार गरेका थिए, त्यो डोरी हामीले छिनाल्दियौँ ।”

उनले प्रतिनिधिसभा विघटनपछि पार्टीको सदस्यबाटै निकालिएका आफूहरूले सङ्गठन विस्तार र सुदृढ गरेर मजबुत एवं प्रमुख पार्टीको रूपमा पुनः स्थापित गरी प्रतिनिधिसभामा प्रवेश गरेको बताए ।

“हाम्रो सङ्गठन ध्वस्त पार्ने, चकनाचुर पार्ने र नेपालमा वामपन्थी आन्दोलन, परिवर्तनकारी आन्दोलन समाप्त पार्ने जुन योजना थियो, त्यस योजनालाई हामीले पूरा हुन दिएनौँ”, उनले भने । प्रतिनिधिसभा विघटन त्यस बेलाको अपरिहार्यता भएको भन्दै अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन राजनीतिक कदम, संवैधानिक कदम र संसदीय कदम रहेको उल्लेख गरे ।

उहाँले प्रतिनिधिसभा विघटनपछि पार्टी मजबुतरुपमा अगाडि बढेको दाबी गरे । पार्टीबाट निकालिएको शक्ति फेरि पनि प्रतिनिधिसभा पुनःस्थापना हुँदा पहिलो शक्तिको रुपमा रहेको अध्यक्ष ओलीको भनाइ थियो ।

वामपन्थी चिन्तनलाई प्रतिक्रियावादीले सुन्न नचाहने गरेको उल्लेख गर्दै उहाँले यथास्थितिवाद र वामपन्थको कहिले मिलाप नहुने उल्लेख गरे । “वामपन्थले देशमा सुधार र परिवर्तन चाहने गर्दछ । चाहे त्यो सङ्ख्यात्मक होस् वा गुणात्मक । परिस्थिति अनुकूल छ भने गुणात्मक परिवर्तन ल्याउने काम वामपन्थले गर्दछ”, अध्यक्षले भने ।

अध्यक्ष ओलीले अहिले पुँजीवादीसँग पैसा भएकाले कम्युनिष्ट आन्दोलन दबाउन खोजिएको बताए । । “अहिले पद, पैसा, सुविधा र क्रयशक्ति पुँजीवादीसँग रहेको छ । त्यस कारणले क्रयशक्तिको कारणले पुँजीवादी घुसपैठ पनि गर्न सक्दछन्”, उनले भने, “हाम्रोजस्तो देशमा अहिले पनि परम्परागत शक्ति दबाउने चलन रहेको छ । उनीहरुको वर्चश्व रहेको छ ।”

उनले ज्ञानलाई व्यवस्थित गर्नका लागि चिन्तन आवश्यक रहेको भन्दै चिन्तनबाट प्राप्त गरेको ज्ञानलाई सम्प्रेषण गर्नुपर्ने भनाइ राखे । अध्यक्ष ओलीले सँधै गुरुले सिकाएको ज्ञान मात्र ज्ञान नभएको भन्दै रचनात्मक ढङ्गले मानिले आफैँमा ज्ञान प्रस्फुटन गराउनुपर्ने भनाइ राखे ।

 

  • ३० श्रावण २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !