रूसी आक्रमणमा परी १२ जना घाइते

आजभोलि

युक्रेन । दक्षिणी युक्रेनको खेरसनस्थित आवासीय क्षेत्रमा गत राति भएको गोलाबारीमा नौ महिनाको बच्चासहित एक दर्जन व्यक्ति घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।

युक्रेनले गत नोभेम्बर २०२२ मा खेरसनको क्षेत्रीय राजधानीलाई फिर्ता लिएको थियो । तर दक्षिणी शहर रूसी आक्रमणको निशानामा नै रहेको थियो ।

रूसी सेनाले बारम्बार सहर तथा बस्तीहरूलाई लक्षित गरी आक्रमण गर्दा खेरसनले भयानक स्थितिको सामना गर्नुपरेको क्षेत्रीय गभर्नर अलेक्जेन्डर प्रोकुडिनले बताएका छन् । आक्रमणमा एघार जना गम्भीर घाइते भएको तथा २७ बर्षकी आमा र उनकी छोरीलाई सामान्य घाइते अवस्थामा अस्पतालमा भर्ना गरेकोसमेत उनले बताए ।

उनले गरेको पोष्टमा पर्खालका धेरै तला तथा झ्यालहरू पूर्ण रूपमा क्षति भएको देखिन्छ । घाइतेमध्ये रेडक्रसमा काम गर्न एक ३३ बर्षीय चिकित्सक भएको र उनलाई अस्पताल भर्ना गरिएको युक्रेनी स्रोतले जनाएको छ ।

आतङ्कवादी रणनीति भनेको रूसले विश्वास गर्ने बिषय भएको राष्ट्रपतिका प्रमुख सुरक्षा सल्लाहाकार इन्ड्रि एमार्कले सामाजिक सञ्जाल टेलिग्राममा बताएका छन् ।

  • २१ आश्विन २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !