काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् र सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीले इजरायलमा जारी रहेको द्वन्द्वको मारमा परेका नेपाली नागरिकको उद्धारको विषयमा आवश्यक निर्णय लिनका लागि बैठकको बोलाएका हुन् ।
मन्त्रिपरिषद्को बैठक आज दिउँसो चार बजे बस्नेगरी बोलाइएको छ भने त्यस लगत्तै साँझ पाँच बजेका लागि सर्वदलीय बैठक आव्हान भएको छ । प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार इजरायलमा जारी द्वन्दका विषयमा छलफल गर्न दुर्व बैठक आव्हान गरिएको हो ।
बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीहरूको अवस्था, नेपाली नागरिकलाई स्वदेश फिर्तिका लागि सरकारले चाल्नुपर्ने कुटनीतिक पहल, प्राविधिक व्यवस्थापन लगायतका विषयमा छलफल हुने स्रोतले बताएको छ ।