कृषिबाली सुधार्न माटो परीक्षण

आजभोलि

दीपायल । डोटीमा कृषिबाली सुधार्न माटो परीक्षण गरिएको छ । जिल्लाको आदर्श गाउँपालिका अन्तर्गत विभिन्न वडाको माटोको अवस्था बुझी माटो सुधारका उपायहरू अपनाउन र उत्पादन बढाउन सहजताहोस् भन्ने हेतुले माटो परीक्षण शिविर सञ्चालन गरिएको आदर्श गाउँपालिकाका अध्यक्ष गणेशबहादुर खड्काले बताए ।

माटो परीक्षणको नतिजाअनुसारका कृषिको पकेट क्षेत्र तय गरी बजेट व्यवस्था गरिने अध्यक्ष खड्काले बताए । माटो परीक्षणपछि खेतबारी सुधार्न किसानाई राहतहुने आदर्श गाउँपालिका–१ नम्बरका स्थानीय मुकुुन्द अवस्थीले बताए । यहाँका किसानका लागि यो राम्रो अवसर भएको उनको भनाइ छ ।

माटो परीक्षणपछि खेतबारी सुधार्न किसान स्वयं जुट्न आवश्यक रहेको कृषि विकास निर्देशनालय राजपुर डोटीका निर्देशक यज्ञराज जोशीले बताए । कृषि क्षेत्रमा आदर्श गाउँपालिकाले विभिन्न गतिविधि सञ्चालन गरिएकाले यसलाई निरन्तरता दिनका लागि सोहीअनुसारका नीति तथा कार्यक्रम तय गरी अगाडि बढ्नुपर्ने निर्देशक जोशीले बताए ।

माटो परीक्षण घुम्ती शिविरमा सबै वडाका किसानले माटो परीक्षणका लागि ल्याएको आदर्श गाउँपालिकाकी उपाध्यक्षलक्ष्मी रोकाया धामीले जानकारी भयो । दिनप्रतिदिन बसाइँसराइ समस्याले ग्रसित भइरहेको गाउँपालिकामा कृषिसम्बन्धी विभिन्न समस्या भइरहेको बताउँदै उपाध्यक्ष रोकायाले माटो परीक्षणबाट आएको नतिजाका आधारमा आदर्श गाउँपालिकाले किसानलाई सहयोग गर्ने पनि बताए ।  गाउँपालिकाका विभिन्न वडामा माघ ७ र ८ गते सञ्चालन भएको शिविरबाट तीन सय ३३ वटा माटोको नमुना सङ्कलन गरिएको माटो तथा मलपरीक्षण प्रयोगशाला कञ्चनपुरका प्राविधिक अधिकृत दलबहादुर खड्काले बताए ।

माटो परीक्षणको नतिजा २/३ दिनभित्र आउने अधिकृत खड्काले बताए ।  माटोको उपचार र संरक्षणबारे डोटीलगायत सुदूरपश्चिम प्रदेशका धेरै किसान अझै पनि अनभिज्ञ रहेको उनको भनाइ छ । आदर्श गाउँपालिकाको आयोजना, कृषि विकास निर्देशनालय राजपुरको समन्वय र माटो तथा मल परीक्षण प्रयोगशाला कञ्चनपुरको सहयोगमा शिविर सञ्चालन  गरिएको आदर्श गाउँपालिकाका कृषिशाखा प्रविधि  खेमराज पाठकले बताए ।

  • ९ माघ २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !