हुम्लाको गोठी गाउँमा गाडी पुग्दा स्थानीय खुसी

आजभोलि

हुम्ला । हुम्लाको दक्षिणी भेगमा अवस्थित सर्केगाड गाउँपालिका–५ को गोठी गाउँपालिकामा पहिलो पटक गाडी पुग्दा स्थानीय खुसी भएका छन् । गाउँपालिका केन्द्र सर्केगाड बजारमा गाडी पुगे पनि गाउँमा सडकले भने छोएको थिएन ।

गाउँमै मङ्गलबार गाडी र त्यसमा चढेर यात्रु पुगेपछि यहाँका स्थानीय निकै खुसी भएका हुन् । स्थानीय कविन्द्र शाहीले स्थानीयको वर्षौंदेखि गाडी देख्ने सपना पूरा भएपछि बाजागाजासहित खुिसयाली मनाएको बताए । सो विकट घरआँगनलाई सडक सञ्जालले जोडेको हेर्ने चाहना पूरा भएको र आवतजावतदेखि सम्पूर्ण सामग्री ढुवानीमा सहज हुने भएको उनले बताए । अब यहाँका स्थानीयले पालिकाको केन्द्रदेखि गोठी गाउँसम्म आवतजावत गर्दा पैदल हिँड्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

सडक सञ्जालसँग जोडिएपछि एकसाथ छ वटा बोलेरो जिप गोठी गाउँमा पुगेका थिए । आफ्नै गाउँमा गाडी पुगेको देखेर यहाँका ज्येष्ठ नागरिक पनि खुसी भएका अर्का स्थानीय जैमल शाहीले बताए । गाडी पुगेपछि अब गोठी गाउँ राष्ट्रिय सडक सञ्जालसँगसमेत जोडिएको छ । सर्केगाड गाउँपालिका केन्द्र यसअघि नै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको थियो ।

गाउँमा ताँती लागेर आएका बोलेरो जिप र त्यसमा रहेका यात्रु तथा सवारी चालकलाई बाजागाजा तथा फूल अबिरले स्वागत गरिएको थियो । गाडी चालकलाई स्थानीयले फूलमाला र अक्षता लगाएर भव्य स्वागत गरेका थिए । दुर्गम गाउँमा गाडी पुगेपछि अब बिरामीदेखि सबैखाले यात्रुलाई यात्रामा सहज मात्र नभएर सामान ढुवानी गर्न पनि सजिलो हुने भएको शाहीले बताए ।

सर्केगार्ड, गोठी, रोडिकोट, फुचा, राहदेव, पङ्खा हुँदै मारघोरसम्मको सडक निर्माणका लागि पूर्वाधार विकास कार्यालयले रु चार करोड ४९ लाख बजेटको व्यवस्था गरेको थियो । अघिल्लो आर्थिक वर्षबाट सो सडकको निर्माण सुरु भए पनि विष्फोटक पदार्थ व्यवस्था गर्न निर्माण कम्पनीलाई समस्या भएका कारण ढिलागरी सडक निर्माण पूरा भएको हो । उक्त सडक पाँचदेखि दश मिटर चौडाइ छ ।

  • १ फाल्गुन २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !