माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज

आजभोलि

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक बिहान साढे ८ बजे पार्टी कार्यालय पेरिस डाँडामा बस्नेछ ।

आइतबार अपराह्न बसेको पदाधिकारीको अनौपचारिक बैठकले स्थायी समिति बैठक तय गरेको हो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशका इञ्चार्ज लगायतको कार्यविभाजनका लागि गृहकार्य गर्न पदाधिकारीलाई जिम्मेवारी दिएका थिए ।

हालै विधान सम्मेलन गरेको माओवादी केन्द्रले पार्टीका शीर्ष नेताको कार्यविभाजन तथा जनपरिचालन लगायत विषयमा नियमित छलफल गरिरहेको छ ।

बैठकमा तराई-मधेश अभियान, उत्तर-दक्षिण अभियानका विषयमा छलफल हुने सापकोटाले बताए । माओवादी केन्द्रले आगामी चैत १ गतेदेखि तराई-मधेशमा अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

  • १५ फाल्गुन २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !