लोसपा बोलायो फागुन २७ गतेदेखि २९ गतेसम्म बैठक

आजभोलि

काठमाण्डौ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले महोत्तरीको बर्दिबासमा फागुन २७ गतेदेखि २९ गतेसम्म केन्द्रीय समितिको बैठक बोलाएको छ ।

बाट उक्त पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलगायतका नेताहरू अलग भइसकेका छन् । नेता महतोले आफ्नो अभियान सञ्चालन गरिरहेका बेला लोसपाले केन्द्रीय समिति बैठक बोलाएको हो ।

पार्टीलाई सुदृढीकरण गर्दै संगठन विस्तारको कामलाई तीव्रता दिने उद्देश्यले यो बैठक बोलाइएको सो पार्टीले बताएको छ । यसअघि संगठन सुदृढीकरणका लागि लोसापले विभिन्न कार्यदल बनाएको थियो ।

ती कार्यदलले आ–आफ्नो प्रतिवेदन तयार गरिसकेका छन् । ती प्रतिवेदनको बारेमा पनि केन्द्रीय समिति बैठकमा छलफल हुने बताइएको छ ।

  • १६ फाल्गुन २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !