राष्ट्रिय युवा परिषद् र नेपाल जेसिजबीच समझदारीपत्रमा हस्ताक्षर

आजभोलि

काठमाडौं । चितवनको सौराहामा आयोजित जेसिजको २०२४ को नेसनल काउन्सिलर्स एकेडमीको उद्घाटन समारोहकाबिच राष्ट्रिय युवा परिषद् र नेपाल जेसिजबीच युवा नेतृत्व विकास र नीति प्रवर्द्धनका साझा क्षेत्रमा काम गर्ने समझदारी भएको छ।

नेसनल काउन्सिलर्स एकेडमीको उद्घाटन समारोहमा समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा राष्ट्रिय युवा परिषद्‌का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र नेपाल जेसिजका अध्यक्ष रविन पोखरेलले हस्ताक्षर गरेका छन् । उपाध्यक्ष बस्नेतले युवाको क्षेत्रमा विगत ६ दशकदेखि निरन्तर क्रियाशील नेपाल जेसिजसँगको सहकार्यले युवा विकासमा सकारात्मक आयाम थपिने बताएका छन् ।

नेपाल जेसिजका अध्यक्ष रविन पोखरेलले युवाको क्षेत्रमा कार्यरत आधिकारिक सरकारी निकायसँगको सहकार्यले नेपाल जेसिज उत्साही भएको बताए । समझदारी पत्रमा युवालाई नीति निर्माण तहदेखि कार्यान्वयन तहसम्म अधिकतम सहभागी गराउन, युवाको नेतृत्व तथा व्यक्तित्व विकासमा टेवा पुर्‍याउन र समयानुकूल युवा नीति निर्माण गर्न सहकार्य गरिने उल्लेख छ ।

कार्यक्रममा वागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तानले युवाका क्षेत्रमा सरकारी तथा गैरसरकारी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताएकी छिन् । मन्त्री मोक्तानले युवाका साझा समस्या समाधानका लागि साझा प्रयास आवश्यक भएको बताएकी छिन् ।

  • १६ फाल्गुन २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !