काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ । नेकपा एमालेसहित बन्ने नयाँ गठबन्धनको सरकारमा जसपाबाट यादव आफैंले नेतृत्व गर्ने चाहना राखेका हुन् ।
जसपा सांसद प्रदीप यादवका अनुसार अध्यक्ष यादवले आफैं मन्त्री बन्ने चाहना देखाएका छन् । त्यसैगरी जसपाले सरकारमा सहभागि हुन तीन मन्त्रालय पाउनु पर्ने दाबी गरेको छ ।
अहिले जसपाको कार्यकारिणी बैठक बसिरहेको छ । छलफल जारी रहेकाले कुन कुन मन्त्रायलय भन्ने विषयमा भने टुंगो लाग्न बाँकी रहेको उनको भनाइ छ ।