क्यानमाथि आर्थिक अनियमता गरेको आरोप लगाउदै छानविन समिति बनाउन भीम आचार्यको माग

आजभोलि

काठमाडौँ । नेकपा एमालेका सांसद भीम आचार्यले नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरुले अमेरिकामा आर्थिक अनियमता गरेको भन्दै छानविन समिति बनाउन माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै आचार्यले क्यानका पदाधिकारीले अमेरिकामा अवैध रुपमा सहयोग संकलन गर्ने र उनीहरुको मिलोमतोमा महङ्गोमा नेपालको जर्सीसमेत बिक्रिबितरण भइरहेको गुनासो आएकाले छानविन समिति बनाउन माग गरेका हुन् ।

उनले विश्वकप खेल्ने नेपाली खेलाडीहरुलाई होटलमा उभ्याएर चन्दा उठाएको आरोप लगाए । खेलाडीले हस्ताक्षर गरेको खेल सामाग्रीहरु पनि मर्यादाहिन ढंगले बिक्रिबितरण गरेको र त्यसको लाभ क्यान पदाधिकारीले लिएको उनको आशंका छ ।

त्यस्तै उनले विश्वकप खेल्नका लागि क्यानको कमजोरीका कारण सन्दीप लामिछाने समयमा नै खेलमा सहभागी हुन नपाएको बताए । नेपाली टीमलाई पराजित गर्नका लागि क्यान पदाधिकारी नै लागेको उनको भनाइ छ ।

  • ३० जेष्ठ २०८१, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !