इजरायली बमबारीबाट गाजामा नौ प्यालेस्टिनीको मृत्यु, दर्जनौँ घाइते

आजभोलि

एजेन्सी ।  गाजा शहरमा विस्थापितहरूको एक विद्यालयको आवास गेटमा भएको इजरायली बमबारीमा कम्तीमा नौ प्यालेस्टिनीको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतहरूले जनाएका छन्  । इजरायली विमानले दर्जनौँ विस्थापित परिवारहरू बस्ने गाजा सहरको अल–रिमाल छिमेकमा रहेको विद्यालयको गेटमा कम्तीमा एउटा मिसाइलले बम प्रहार गरेको प्यालेस्टिनी सुरक्षा स्रोतले जनाएको छ । गाजा–आधारित स्वास्थ्य अधिकारीहरूले अन्तर्राष्ट्रिय समुदायलाई स्वास्थ्य प्रणाली बचाउन, अस्पतालहरूको कार्यप्रणाली सुनिश्चित गर्न आवश्यक सहयोग र जेनेरेटरहरू खरिद गर्न आह्वान गरका छन् । स्वास्थ्य अधिकारीहरूले अस्पतालहरूलाई आवश्यक विद्युतीय ऊर्जा आपूर्ति गर्न करिब नौ महिनादेखि डिजेल जेनेरेटरमा भर परेको एक प्रेस विज्ञप्तिमार्फत जनाएका छन् । मन्त्रालयले इजरायली सेनाले केही जेनेरेटरहरू ध्वस्त बनाएको र प्रत्यक्ष बमबारी गरेको बताएको छ । इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सिमानामा हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमासविरुद्ध ठूलो मात्रामा आक्रमण सुरु गरेको थियो । यसमा लगभग एक हजार दुई सय मानिस मारिएका थिए भने दुई सय ५० जनालाई बन्धक बनाइएको थियो । यसबाट कूल मृत्यु हुनेको सङ्ख्या ३८ हजार सात सय ९४ पुगेको र सन् २०२३ को अक्टोबरमा प्यालेस्टिनी–इजरायली द्वन्द्व सुरु भएदेखि ८९ हजार तीन सय ६४ जना घाइते भएको गाजास्थित स्वास्थ्य अधिकारीहरूले एक विज्ञप्तिमा भनेका छन् ।

  • ३ श्रावण २०८१, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !