प्रहरी चढेको गाडी पल्टियो, घाइते हुनेको सङ्ख्या ३०

आजभोलि

काठमाडौँ । विराटनगर–१५ भट्टीमोडमा प्रहरीको ‘टु टन’ गाडी दुर्घटना भएको छ । गाडी दुर्घटना हुँदा घाइते हुने प्रहरीको सङ्ख्या ३० जना पुगेको छ । जसमध्ये ५ जना गम्भीर घाइते भएका छन् ।

कोशी प्रदेश तालिम केन्द्रका प्रमुख एसएसपी अबिनारायण काफ्लेका अनुसार घाइते हुनेहरुमा आयुष लिम्बू, विवेक राई, हेमबहादुर ढाका मगर, योगेन्द्र मगर, सञ्जय ओझा, सौगात थापा, सुमन भुजेल र पुष्पराज श्रेष्ठको नाम खुलेको छ । अन्यको विवरण आउन बाँकी छ ।

बुधबार साँझ मोरङ जिल्ला प्रहरीबाट इलाका प्रहरी कार्यालय रानीमा थप मद्दत माग भएपछि प्रहरी निरीक्षकको नेतृत्वमा गएको प्रहरी टोली चढेको गाडी दुर्घटनामा परेको हो ।

घाइते भएका ३० जनामध्ये कोशी अस्पतालमा २१ जना, न्यूरो अस्पतालमा ५ जना, विराट टिचिङ अस्पतालमा २ जना र नोबेल अस्पतालमा एक जनाको उपचार भइरहेको एसएसपी काफ्ले बताए । मुस्लिम समुदायको ‘मोहरम’ पर्व सुरु भइरहेको छ । उक्त पर्वको सुरक्षाको लागि मोरङ प्रहरीले थप मद्दत माग भएपछि प्रदेश प्रहरी तालिम केन्द्रबाट टोली परिचालन भएको थियो । ‘मद्दतमा गएको प्रहरी टोली चढेको टु टन गाडि रानी क्षेत्रतर्फ जाँदै थियो । भट्टीमोर्डको टर्निङमा स्कुलबाट आएका विद्यार्थीहरूलाई जोगाउन खोज्दा दुर्घटना भएको प्रारम्भिक जानकारी आएको छ,’ एसएसपी दाहालले भने, ‘दुर्घटनामा घाइते भएका प्रहरीहरूलाई उद्धार गरी अस्पताल पठाउने काम सकिएको छ । अहिले उपचार भइरहेको छ ।’

गाडीमा ५४ जना प्रहरी सवार थिए । घाइते हुने अधिकांश प्रहरी जवानहरू रहेका छन् ।

  • ३ श्रावण २०८१, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !