गीतकार तिमल्सिनाको शब्द रचनामा “तिम्रै परिधिमा म बाँचेको छु” बजारमा (भिडियोसहित)

आजभोलि

काठमाडौँ । श्रीकृष्ण जन्माष्टमी नजिकिँदै गर्दा साहित्यकार तथा गीतकार विदुर तिमल्सिना “देवदूत” को शब्द रचनामा “तिम्रै परिधिमा म बाँचेको छु ….” बोलको राधाको भजन सार्वजनिक भएको छ । लाबोनी प्रमोद युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको भजन गायिका लाबोनी चक्रवर्ती प्रसाईंले स्वर दिएकी छिन् भने लाबोनी प्रमोदले संयुक्तरुपमा संगीतबद्ध गरेका छन् । क्लासिकल गायनको स्नातकोत्तरमा गोल्ड मेडल प्राप्त गर्न सफल गायिका चक्रवर्ती हाल ललितकला क्याम्पसमा अध्यापनरत छिन् । क्लासिकल संगीत गायनमा कोलकत्ताबाट स्नातकोत्तर गरेका प्रमोद प्रसाईंसँगको सहकार्यमा बागेश्वरी कला मन्दिर स्थापना गरी सो मार्फत गायन तथा संगीतको कक्षा सञ्चालन गरिरहेकी चक्रवर्ती संयुक्तरुपमै लाबोनी प्रमोद नामबाट संगीत सिर्जना गरिरहेकी छिन् । सचिन सिंहले एरेन्ज गरेको उक्त भजन बागेश्वरी कला मन्दिरले निर्माण गरेको हो । पौराणिक कथा अनुसार राधाकृष्णको प्रेम प्रसंग एक अमर, अद्भूत र उदाहरणिय प्रेम कहानी हो । भगवान श्रीकृष्णले राधारानीको प्रेमलाई आफ्नो शक्तिको स्रोत मानेता पनि राधाकृष्णको विवाह भने सम्भव भएन । जब श्रीकृष्ण बृन्दावन छोडेर मथुरा जानु भयो, त्यसपछि ब्रजराजकुमारी राधा श्रीकृष्णसँग बितेको बाल्यकालको याद र उनको पतित पावन प्रेमको आभासमा जिउन शुरु गरे । राधारानीको त्यही एक्लोपन र भौतिक एक्लोपनमा पनि कृष्णको आत्मिक साथ अजर अमर रहेको विषयवस्तु भजनले समेटेको छ । साहित्यकार तथा गीतकार विदुर तिमल्सिना “देवदूत” भजनमा कतै पनि राधाकृष्णको नामोच्चारण नभएको प्रसंगमा गीतकार देवदूतले आफूले पृथक काम गर्न चाहेको बताए । भक्ति संगीतमा प्राय देवीदेवताको नाम वा मन्त्र उच्चारण गरिने भएता पनि नैतिक शिक्षा बाँड्नु, प्रेम प्रसंग बयान गर्नु, देवीदेवताको अवतार र महिमाको व्याख्या गर्नु जस्ता विषय पनि भजन संगीतले समेट्ने उनको तर्क छ । विना कुनै भूमिका सुन्दा प्रेम र समर्पणको भाव प्रतित हुने भएकाले यसलाई प्रेम गीतकै रुपमा पनि लिन सकिने गीतकारको भनाइ छ । “जसरी हामी श्रीकृष्णका भक्त हौं र कृष्ण भजन गाउँछौं, त्यसरी नै राधारानी श्रीकृष्णको प्रेमिका हुनुहुन्छ र उहाँले गाएपछि प्रेमगीत नै भन्दा पनि फरक पर्दैन” गीतकार देवदूतले भने । अघिल्लो वर्ष “नरोउ राधा सम्झेर मलाई ….” बोलको भजनमा प्रकाश सापकोटासँग सहकार्य गरेका देवदूतले आफू कृष्ण प्रणामी परिवारमा जन्मिएको र प्रणामी समाजमै हुर्केकाले राधाकृष्ण आफ्नो अध्ययन तथा अभ्यास दुवै भएको हुँदा राधाकृष्णको विषय उठान गरेर निरन्तर सिर्जनाहरु प्रकाशन प्रसारण गर्दै जाने बताए । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

  • ९ भाद्र २०८१, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !