युक्रेनी ड्रोन आक्रमणपछि रूसी इन्धन भण्डारमा आगलागी

आजभोलि

एजेन्सी ।  युक्रेनी ड्रोन आक्रमणपछि दक्षिणपश्चिम रूसको रोस्तोभ क्षेत्रमा रहेको इन्धन भण्डारमा आगलागी भएको क्षेत्रीय गभर्नरले बुधबार बताएका छन् ।

गभर्नर भासिली गोलुवेभले टेलिग्राममार्फत अग्नि नियन्त्रकहरू अझै पनि आगो निभाउँदै गरेको जनाउँदै आगलागीले आवासीय घरहरू जोखिममा नपरेको उल्लेख गरे ।

उनका अनुसार युक्रेनी सीमाबाट करिब २०० किलोमिटर टाढा रहेको छुट्टै युक्रेनी ड्रोन आक्रमणपछि अगस्ट १८ देखि रोस्तोभको प्रोलेटास्कमा रहेको तेल भण्डारण केन्द्रमा ठूलो आगलागी भइरहेको छ।

सन् २०२२ मा द्वन्द्व सुरु भएदेखि युक्रेन र रूसले एक अर्काका इन्धन तथा ग्याँस सुविधाहरूलाई लक्षित गरी आक्रमण गरेका छन् ।

यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसका तेल भण्डारण लक्षित आक्रमण गरेकोमा सेनाको प्रशंसा गर्दै आक्रमणले द्वन्द्वको ‘न्यायपूर्ण अन्त्य’ हासिल गर्न योगदान पुर्याउने बताएकाे थियाे ।

  • १२ भाद्र २०८१, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !