काठमाडौं विश्वविद्यालयकाे २९ औं दीक्षान्त समारोह (दोस्रो चरण) भाद्र १४ मा हुने

आजभोलि

काभ्रे । काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त समारोह (दोस्रो चरण) २०८१ भाद्र १४ गते शुक्रबार बिहान ११ बजे विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा हुने भएको छ ।

प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षता, वरिष्ठ संस्कृतिविद् डा. जगमान गुरुङको प्रमुख आतिथ्य र माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको उपस्थितिमा उक्त कार्यक्रम आयोजना हुन लागेको हो । समारोहमा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. भोला थापाले स्वागत मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ ।

श्रावण ३० गते बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भएको विश्वविद्यालय सभाको ९७ औं बैठकले दीक्षित हुने विद्यार्थीहरूको ग्रेस लिष्ट पारित गरिसकेको छ । यस बमोजिम सो समारोहमा काठमाडौँ विश्वविद्यालय अन्तर्गत स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका पीएचडी, डीएम र एमसीएच तहका ११ जना, एमफिल तहका ३२ जना, स्नातकोत्तर तहका ४५६ जना, स्नातक तहका १ हजार ८ सय १५ जनासहित जम्मा २ हजार ३ सय १४ जना विद्यार्थी दीक्षित हुनेछन् । तीमध्ये आर्ट्सका ७० जना, एजुकेसनका ७१ जना, इन्जिनियरिङका ३६४ जना, म्यानेजमेन्टका ९७ जना, मेडिकल साइन्सेजका १ हजार ५६३ जना र साइन्सका १४९ जना रहनेछन् ।

दीक्षित हुने विद्यार्थीहरूमध्ये पुरुषको प्रतिशत ५१.२५ (१ हजार १ सय ८६ जना) र महिलाको प्रतिशत ४८.७५ (१ हजार १ सय २८ जना) रहनेछ । दीक्षित हुनेमध्ये विदेशी विद्यार्थीहरू १० प्रतिशत रहेका छन् । तीमध्ये अमेरिका, मेक्सिको, डेनमार्क, चीन, भुटान, इजरायल, जर्मनी, भारत, माल्दिभ्स, श्रीलङ्का, कजाकिस्तान, सिङ्गापुर, अर्जेन्टिना, भियतनाम, ब्राजिल, फिनल्याण्ड, स्वीडेन, प्यालेस्टाइन र सुडान गरी १९ देशका २४२ जना विदेशी विद्यार्थी रहने बुधबार विश्वविद्यालयले पत्रकार सम्मेलन गरि जानकारी दिएकाे छ ।

  • १२ भाद्र २०८१, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !