भारतद्वारा श्रीलङ्कालाई ऊर्जा परियोजनाको पहिलो भुक्तानी हस्तान्तरण

आजभोलि

एजेन्सी । श्रीलङ्काका डेल्फ्ट, नैनातिवु र अनालाइतिवु टापुमा ऊर्जा आवश्यकताहरू सम्बोधन गर्ने उद्देश्यले हाइब्रिड पावर प्रोजेक्टको लागि पहिलो भुक्तानी हस्तान्तरण गरेको बिहीबार श्रीलङ्काका लागि भारतीय उच्चायुक्त सन्तोष झा ले बताएका छन् ।

झाले ऊर्जा मन्त्रालयका सचिव तथा श्रीलङ्का दिगो ऊर्जा प्राधिकरण (एसएलएसईए) का अध्यक्ष सुलक्षणा जयवर्धनेलाई भुक्तानी हस्तान्तरण गरेका हुन् । परियोजनाको उद्देश्य राष्ट्रिय ग्रिडमा नजोडिएका तीन टापुका मानिसहरूको ऊर्जाजन्य आवश्यकता पूरा गर्नु हो । वक्तव्य अनुसार भारतले यस परियोजनाका लागि एक  करोड दश लाख अमेरिकी डलर सहयोग गरेको छ ।

यसअघि अगस्ट २३ मा झाले टापुको पूर्वी प्रान्तको भ्रमणका क्रममा गरी गभर्नर सेन्थिल थोन्डामन र व्यापार तथा वातावरण राज्यमन्त्री एस वियालेन्दिरनसँगको भेटमा भारतको विभिन्न परियोजनाबारे छलफल गरेका थिए ।

यसअघि अगस्ट–२२ मा, झाले बट्टिकलोआ जिल्ला चेम्बर अफ कमर्स र बट्टिकलोआ चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका प्रतिनिधिसँग कुराकानी गरी भारतसँग बी एण्ड बी संलग्नता बढाउने सल्लाह दिएका थिए ।

  • १४ भाद्र २०८१, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !