साताको अन्तिम कारोबार दिन १२ अंकले घट्यो नेप्से

आजभोलि

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) १२ अंकले घटेको छ ।

२ हजार ७४० बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतारचढावका बिच २ हजार ७२७ बिन्दुमा पुगेर कारोबार रोकिएको हो । आज १०१ कम्पनीको सेयर मूल्य बढेको छ । १३८ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेकाे छ।

बिहीबार कारोबार रकममा पनि गिरावट आएको छ । ३१६ कम्पनीको २ करोड १ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ६५ करोड १५ लाख रुपैयाँको सेयर खरिदबिक्री भयो । बिहीबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका हिसाबले नेपाल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रह्यो । यसको ४० करोड ५० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

  • २० भाद्र २०८१, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !