राजनीतिक क्षेत्रका एक उदयमान युवा लक्ष्मण बोहरा

आजभोलि

काठमाडौँ । लक्ष्मण बोहरा अछाम जिल्लाको सुन्दर पर्यटकीय क्षेत्र रामारोशन–५ का निवासी हुन् । उनी हाल काठमाडौँमा बस्दै आएका छन्। उनी एक उदयमान युवा नेता हुन्, जसले राजनीति क्षेत्रमा आफ्नो पहिचान बनाउँदै लगेका छन्। सानैदेखि राजनीति प्रति गहिरो रुचि राख्ने बोहरा, अहिले राष्ट्रिय युवा परिषदका केन्द्रीय प्रतिनिधिका रूपमा परिचित छन्।

वि.स. २०७० सालको आम चुनावबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका बोहराले १० वर्षको उमेरदेखि नै राजनीतिक चासो राख्न थालेका थिए। बाल्यकाल देखि नै राजनीति प्रतिको चासो र सक्रियताले उनलाई फरक वातावरणबाट यहाँसम्म पुर्याएको हो। उनले धेरै चुनौतीपूर्ण अवस्थाहरूको सामना गर्नुपर्यो । तर पनि उनले हरेश खाएनन् । उनले आफ्नो यात्रामा निरन्तरता दिइरहे।

बोहरा अहिलेको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री तथा निर्वाचन क्षेत्र नम्बर १ का नेताहरू र प्रदेशसभा क्षेत्र नम्बर १ (ख) बाट बान्नेगडी गाउँपालिकाका अध्यक्षज्यूहरूको टोलीबाट प्रेरित भएका थिए। यी नेताहरूले बोहराको राजनीतिक यात्रामा महत्वपूर्ण भूमिका खेलेका छन्। उनीहरूले प्रदान गरेको मार्गदर्शन र समर्थनले बोहरालाई राजनीतिमा अगाडि बढ्न र समाजप्रति दायित्व बोध गर्न सहयोग गरेको हो।

यो टोलीले बोहराको राजनीतिक सोचलाई परिष्कृत गर्दै उनलाई नेतृत्व र विकासको लागि उत्प्रेरित गर्यो।उनी यी नेताहरूको साथ र अनुभवले बोहरालाई राजनीतिक क्षेत्रमा सक्रिय रहन, चुनौतीहरू पार गर्न, र स्थानीय स्तरमा विकास कार्यलाई तीव्र पार्न प्रोत्साहित गरेको बताउँछन् ।

उनले बीपी कोइराला, गणेशमान सिंह, कृष्ण भट्टराई जस्ता नेताहरूको बारेमा युट्युबमार्फत अध्ययन गरे। यसले उनलाई जीवनको एक नयाँ दृष्टिकोण दियो, विशेषतः महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माका भाषणहरूले।

साथै उनको राजनीतिक यात्राको अर्काे पाटो पार्टीका जिल्ला सभापति भरतकुमार स्वार र प्रदेशका नेता टेक बहादुर साउदको नेतृत्वमा अघि बढेको थियो। २०७४ सालको स्थानीय तहको निर्वाचनमा यी नेताहरूले महत्वपूर्ण भूमिका खेलेका थिए। भरतकुमार स्वारले निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका थिए भने टेक बहादुर साउदले प्रदेशस्तरबाट नेतृत्व प्रदान गरेका थिए। यस निर्वाचनमा बोहराले पनि आफ्नो गाउँपालिकामा थप जिम्मेवारी सम्हाल्ने मौका पाएका थिए ।

उनको नेतृत्वमा रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउद र अन्य नेताहरूको टोली विजयी हुन सफल पनि भए। तर, पछिल्लो समयमा रामारोशन गाउँपालिकामा अपेक्षित रूपमा विकासको गति अघि बढ्न नसकृको उनको गुनासो छ । जनताले विकास र समृद्धिको ठूलो आशा राखेका थिए, तर विकासको गति अपेक्षा अनुरूप अगाडि बढ्न नसक्दा निराशा पैदा भएको उनको भनाई छ ।

उनले भने,जनताले पालिकाबाट ठूला अपेक्षा राखेका थिए, तर ती अपेक्षाहरू पूरा हुन सकेनन्। अध्यक्षज्यूको नेतृत्वमा पालिकाले विकासको गति समात्न नसकेकोमा आलोचना भइरहेको छ। विशेष गरी, रामारोशन जस्तो प्राकृतिक रूपमा समृद्ध क्षेत्र—जहाँ १२ ताल र १८ मैदानहरू छन्—यथोचित विकास हुन नसक्नु जनताको लागि ठूलो विडम्बना बनेको छ।

आफ्नो पार्टी र नेताप्रति गुनासो नराखेपनि बोहराले निर्वाचित नेताहरूले जनताको विश्वासलाई कायम राख्न असफल भएको महसुस गरेका छन्। उनले पार्टीप्रति अझै पनि आस्था र माया कायम राखेका छन्, तर निर्वाचित नेताहरूले आफ्नो जिम्मेवारीलाई बेवास्ता गरेको भन्दै दुःख व्यक्त गरेका छन्।

बोहराले पालिकालाई विकासका लागि थप चासो दिन आग्रह गर्दै आएका छन् । अझै पनि पालिकाले विकास कार्यमा ध्यान नदिए युवाहरूले आफ्ना आवाजलाई सशक्त बनाउँदै थप संघर्षको तयारी गर्ने उनले चेतावनी समेत दिएका छन् ।

 

  • २० भाद्र २०८१, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !