स्ववियु निर्वाचनः त्रिचन्द्र कलेजमा नेविसंघबाट सभापतिमै तीन जनाको मनोनयन

आजभोलि

काठमाडौँ । काठमाडौँको प्रमुख कलेज त्रिचन्द्र कलेजको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा नेपाल विद्यार्थी संघबाट तीन जनाको उम्मेदवारी परेको छ ।

सभापतिमा श्रीधर श्रेष्ठ र गोविन्द कोइरालाले आधिकारिक उम्मेदवार दाबी गर्दै उम्मेदवारी दर्ता गरेका छन् भने सागर न्यौपानेले स्वतन्त्र उम्मेदारी दर्ता गरेका छन् । श्रेष्ठ सभापति शेरबहादुर देउवा पक्षका हुन् भने कोइराला महामन्त्री गगन थापा पक्षका हुन् । त्यस्तै न्यौपाने डा. शेखर कोइराला पक्षका भएको बताइएको छ ।

श्रेष्ठले आफूलाई आधिकारिक उम्मेदारी बताएका छन् । आफूलाई आधिकारिक उम्मेदवार बनाएपछि श्रेष्ठले विद्यार्थी राजनीतिमा नयाँ ऊर्जा र परिवर्तन ल्याउने बताएका छन् । साथै उनले क्याम्पसको भौतिक पूर्वाधार सुधार, पुस्तकालय स्तरोन्नति, डिजिटल प्रविधिको प्रभावकारी प्रयोग, स्वच्छ अध्ययन वातावरण निर्माण र प्रशासनिक पारदर्शितालाई  प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सभापति पदका लागि श्रेष्ठसहित अन्य विद्यार्थी संगठनबाट कुल ९ जनाको उम्मेदवारी परेको छ । त्रिचन्द्र क्याम्पसमा नेविसंघविरुद्ध अन्य सात विद्यार्थी संगठनहरूबीच चुनावी तालमेल गरिएको छ । तालमेल गरेका सात विद्यार्थी संगठनले अनेरास्ववियुका प्रमित विष्टलाई समर्थन गरेका छन् ।

  • २८ फाल्गुन २०८१, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !