सुलेमानीको अन्तिम संस्कारमा भागदौड मच्चिदा कम्तीमा ३० जनाको मृत्यु

आजभोलि

अमेरिकाले गत साता हवाई आक्रमण गर्दा मृत्यु भएका इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको शवयात्रामा भागदौड हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको इरानी सञ्चारमाध्यमले जनाएको छ।

सुलेमानीलाई उनको गृहनगर केर्मानमा समाधिस्थ गर्न लाग्दा उनको अन्तिम संस्कारमा लाखौँ मानिसहरू भेला भएका थिए। आपत्कालीन सेवाका अधिकारीहरूले मानिसहरू हताहत भएको पुष्टि गरेका छन्। इरानबाट प्राप्त विवरणअनुसार दर्जनौँ मानिसहरू घाइते भएका छन्।

शोकाकुल मानिसहरूले सुलेमानीको तस्बिर र रातो झण्डा बोकेका थिए। शिया परम्पराअनुसार रातो झण्डाले प्रतिशोधको सङ्केत गर्छ।

इरानले उनको हत्याको प्रतिशोध लिने उद्घोष गरिसकेको छ। केही दिनदेखि इरानका विभिन्न स्थान हुँदै उनको गृहनगरसम्म सुलेमानीको शवयात्रा गरिएको थियो।

उनको शवलाई शहीदका लागि बनाइएको एउटा चिहानमा समाधिस्थ गरिँदैछ। सुलेमानीको मृत्युपछि अमेरिका र इरानबीच तनाव चुलिएको छ।

इरानको विशिष्ट सैन्य बल कूड्स फोर्सका प्रमुख सुलेमानीलाई सर्वोच्च नेता आयतूला अली खामनेईपछि दोस्रो लोकप्रिय नेता मानिन्थ्यो। तर अमेरिकाले उनलाई आतङ्ककारी घोषणा गरेको थियो।

  • २२ पुष २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !