इरानमा युक्रेनको बोइङ–७३७ विमान बुधबार दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १७६ जनाको मृत्यु भएको छ । तेहरानको इमाम खामेनी विमानस्थलबाट उडेको सो विमान उड्ने वित्तिकै दुर्घटना भएको थियो ।
विमानमा कम्तीमा १६७ जना यात्रु र अरु नौ जना चालक दलका सदस्य रहेका थिए । ती सबै जनाको मृत्यु भएको अधिकारीले पुष्टी गरेका छन् । इस्लामिक रिपब्लीक न्युज एजेन्सीले विमानस्थलका प्रवक्ता अलि कसानीलाई उदृत गर्दै उनीहरु सबैको मृत्यु भएको पुष्टी गरेको समाचार सम्प्रेषण गरेको छ ।
प्रारम्भिक विवरणअनुसार उक्त विमान युक्रेनको राजधानी किभतर्फको यात्रामा रहेको थियो । विमान दुर्घटनामा परेको विमानस्थल नजिकैको क्षेत्रमा उद्धार टोली परिचालन गरिएको छ ।