चितवन। पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दू राष्ट्र बोल्ने कुरा होइन, मनमा राख्नु पर्ने बताएका छन् । उनी आइतबार नारायणगढमा जारी विराट गोरक्षा महायज्ञमा सहभागी भएका थिए । उनी अहिले धार्मिक तथा राजनीतिक यात्रामा रहेका छन् । ।
पत्नी कोमलको जन्मोत्सव मनाउन चितवन आउनुभएका उनले नारायणी किनारमा जारी महायज्ञमा पूजाआजा गरी रु एक लाख सहयोग गरेका छन् ।उनले गौ पुजनसँगै बज्राचार्य, लामा र हिन्दू धर्मालम्बीले गरिरहेका छुट्टाछुट्टै हवनकुण्डमा पूजा गर्नुभएको मूल आयोजक समितिका संयोजक पदमराज पाण्डेले जनाएका छन् ।
गौ सेवाकोष स्थापनार्थ हिन्दू ओमकार भोलिन्टियर्सद्वारा फागुन ३ बाट सुरु भएको महायज्ञ शिवरात्रिका दिन फागुन १३ गतेसम्म चल्नेछ ।