कोरना भाइरबाट चीनमा एक हजार ६ सय भन्दा बढीको मृत्य

आजभोलि

चीनमा कोरोना भाइरसको संक्रमणबाट एक हजार ६ सय भन्दा बढीको मृत्यु भएको छ ।

हुबेइ प्रान्तबाट गत डिसेम्बरमा सुरु भएको कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको हो ।वुहान शहरमा फैलिएको कोरोनाका कारण मृतक र प्रभावितको संख्या बढ्दै गएको हो । कोरोनाको महामारी फैलन नदिन चीन लगायत विभिन्न देशले चेकजाँचमा कडाइ गर्नुका साथै चीनको भ्रमण गरेर फर्किएका नागरिकलाई दुई सातासम्म क्वारेन्टाइमा राख्ने गरेका छन् ।

यसैबीच कोरोनाको संक्रमणबाट फ्रान्समा एक जनाको मृत्यु भएको छ । चीनको भ्रमण गरेर फर्किएका एक जनाको फ्रान्समा मृत्यु भएको हो । योसँगै कोरोनाका कारण चीन बाहेह अन्यत्र मृत्यु हुनेको संख्या चार पुगेको छ ।यसअघि हङकङ, फिलिपिन्स, र जापानमा एक एक जनाको मृत्यु भइसकेको थियो ।

कोरोनाको संक्रमण दुई दर्जन भन्दा बढी देशमा फैलिएको छ । चीनमा मात्र ६८ हजार सर्वसाधारण कोरोनाको संक्रमणमा रहेका छन् ।यता, विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनाको महामारी नियन्त्रणमा लागि सबै देश एकजुट हुनुपर्नेमा जोड दिएको छ ।

डब्लूएचओका महानिर्देशक टेड्रस अधानोम गेबेरियससले महामारी नियन्त्रणका लागि भइरहेका प्रयासलाई अझ प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

  • ४ फाल्गुन २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !