रुकुम। नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले निर्वाचन भन्दा पनि संविधान संशोधन पहिलो आवश्यकता भएको बताएका छन् । उनले संविधान संशोधन नभएसम्मनिर्वाचन हुन नसक्ने बताएका छन् । उनले मधेशीहरुका मागहरु सम्बोधन नगरी निर्वाचनमा नगएत्यसले देवन्द्व निम्त्याउने दाबी गरेका छन् ।
पार्टी प्रशिक्षणका लागि रुकुम पुग्नुभएका भट्टराईले आज काठमाडौँ जानुअघि सल्ले विमानस्थलमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै अहिलेको सरकारले आफ्नो आयु लम्ब्याउनलाई निर्वाचनको मिति घोषणा गरेको आरोप लगाए ।
विमानस्थलमा बोल्दै डा भट्टराईले अहिलेको शासकीय स्वरुपसमेत ठीक नभएको र संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको लागि निर्वाचन प्रक्रियामा जानुपर्ने बताए ।
शासकीय स्वरुप ठीक नभएकै कारण देशको आर्थिक र राजनीतिक विकास पनि तीव्र गतिमा हुन नसक्ने उनले दाबी गरे । उहाँले नयाँ शक्ति नेपालले अघि सारेको आर्थिक क्रान्तिको एजेन्डामार्फत अब देशको आर्थिक समृद्धिलाई पूरा गर्न राज्यका सबै शक्ति मिलेर देशमा औद्योगिक क्रान्ति सञ्चालन गर्नुपर्ने खाँचो रहेको बताए ।