कोरोनाले ११ जनाको ज्यान लिएपछि अमेरिकाको क्यालिफोर्नियामा आपतकाल घोषणा

आजभोलि

कोरोना भाइरस (कोभिड–१९) ले अमेरिकामा अहिलेसम्म ११ जनाको मृत्यु भएपछि अमेरिकाको क्यालिफोर्निया राज्यमा आपतकाल घोषणा गरिएको छ ।

अमेरिकाका १६ राज्यमा अहिलेसम्म १५० बढी संक्रमित रहेको समाचारमा जनाइएको छ । अधिकारीहरुका अनुसार विश्वमा अहिले ९२ हजार बढी कोरोनाभाइरसका बिरामी भेटिएका छन् । जसमध्ये ८० हजार चीनमा मात्रै छन् ।

संक्रमण विश्वका ८१ देशमा फैलिएपछि मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । कोभिड–१९ ले चीनमा मात्रै तीनहजार बढीको मृत्यु भएको छ । पिपल्स डेली चाइनाका अनुसार ३०१२ जनाको मृत्यु भएको छ । उता, कोरोना भइरसको संक्रमण बढ्दै गएपछि इटालीमा १० दिनका लागि विद्यालयहरु बन्द गरिएको छ ।

युरोपमा सबै भन्दा बढी इटालीमा कोरोनाका संक्रमितहरु भेटिएका छन् । इटालीमा पूर्व निर्धारित फुटबल प्रतियोगिताहरु पनि स्थगित गरिएको जनाइएको छ । इटालीमा हालसम्म एक सय ७ जनाको मृत्यु भइसकेको छ । इटालीका २० मध्ये १९ शहरका तीन हजार भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यता विश्व स्वास्थ्य संगठन डब्लुएचओले भाइरस नियन्त्रणका लागि भइरहेका प्रयासहरु पर्याप्त नभएको बताएको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि विभिन्न देशहरुले सीमा नाकामा कडाइ गर्नुका साथै मानिसहरुलाई विभिन्न सभा समारोहमा सहभागी हुन कडाइ गरेको छ ।

त्यसैगरी विमानस्थलसहित सीमा क्षेत्रमा चेकजाँचलाई कडाइ गर्नुका साथै क्वारेन्टाइनहरु पनि स्थापना गरेका छन् ।

  • २२ फाल्गुन २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !