बेलायतकी स्वास्थ्य मन्त्री नदिन डोरिजिमा कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ ।
नदिन डोरिजले आफू घरभित्रै अलग्गिएर बसिरहेको बताएकी छन् । स्वास्थ्यकर्मीहरूले उनमा कोबाट भाइरसको सङ्क्रमण भयो भन्ने पत्ता लगाउने प्रयास गरिरहेका छन् । उनी प्रधानमन्त्री बोरिस जोनसनले बिहीवार आयोजना गरेको भोजमा सहभागी भएकी थिइन् ।
स्वास्थ्यमन्त्री डोरिजले आफूसँगै घरमा बसिरहेकी आफ्नी ८४ वर्षिया आमाको स्वास्थ्यबारे आफूलाई चिन्ता लागेको बताइन् । ब्रिटेनमा करिब ४०० जनामा सङ्क्रमण भेटिएको छ भने ६ जनाको मृत्यु भएको छ ।