कोरोना भाइरसको चरम महामारी समाप्त भएको चीनको घोषणा

आजभोलि

कोरोना भाइरसको चरम महामारी समाप्त भएको घोषणा गरेको छ ।

बिहीबार चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले पत्रकार सम्मेलनमार्फत चीनमा कोरोनाको उच्च जोखिम सकिएको बताएका हुन् ।

पछिल्लो समय चीनमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिने क्रम कम भएपछि यस्तो घोषणा आएको हो । प्रवक्ता फेङले भाइरसको उद्गमस्थल मानिएको हुबेई प्रान्तमा बुधबार ८ जनामा मात्रै संक्रमण देखिएको जानकारी दिए । त्यस्तै बुधबार हुबेईबाहिर जम्ममा ७ जनामा संक्रमण देखिएको र त्यसमध्ये पनि ६ जनामा आयातित संक्रमण भएको उनले जानकारी दिए ।

बिहीबारसम्म चीनमा कोरोना संक्रमणबाट ३ हजार एक सय ६९ जनाको मृत्यु भएको छ भने ८० हजार ७ सय ६९ जनामा संक्रमण देखिएको छ । मंगलबार चिनियाँ राष्ट्रपति सी जिनपिङ हुबेईको वुहानका विभिन्न अस्पताल पुगेर बिरामी, स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरुलाई भेटेका थिए ।

चीनले पछिल्लो समय बिरामी निको भएको भन्दै १६ वटा अस्थायी अस्पतालहरु बन्द गरिसकेको छ । चीनको वुहानबाट सुरु कोरोना भाइरसको संक्रमण पछिल्लो समय इटाली, कोरिया, जापान, इरान लगायत मुलुकमा फैलन थालेको छ ।

  • २९ फाल्गुन २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !