अमेरिकी दूतावासद्वारा डिभी र गैरआप्रवासी भिसाका अपोइन्टमेन्ट अनिश्चितकालका रद्द

आजभोलि

काठमाडौं । काडमाडौंस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डीभी) र गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्ट अनिश्चितकालका लागि रद्द गरेको छ ।

दूतावासले सोमबार सूचना जारी गरी कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको कारण मङ्गलबारदेखि लागु हुने गरी डीभी तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्ट रद्द गरेको जानकारी गराएको छ ।

दूतावासले निकालेको सूचनामा जतिसक्दो चाँडो भिसा सेवा पुनःसञ्चालन गर्ने तर अहिले नै समय तोक्न भने नसकिने जनाएको छ । भिसा शुल्क जुन देशमा भुक्तानी गरिएको हो, त्यही देशमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहने दूतावासले जनाएको छ ।  दूतावासले अनावश्यक यात्रा नगर्न अनुरोध गरेको छ । यात्रा गर्नैपर्ने अवस्थामा भने आकस्मिक अपोइन्टमेन्ट अनुरोध गर्न सकिने दूतावासले जनाएको छ ।

  • ३ चैत्र २०७६, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !