कोभिड–१९ अर्थात् कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार नाघेको छ ।
एक सय ७९ देश र एउटा पानी जहाजमा फैलिएको कोरोनाका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या १० हजार बढी पुगेको छ । कोरोना संक्रमणको तथ्यांक दिइरहेको वल्र्डाेमिटरका अनुसार अहिलेसम्म १० हजार ४८ जनाको संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।
कोरोनाको सङ्क्रमण सुरु भएको चीनमा भन्दा इटलीमा ज्यान गुमाउनेको सङ्ख्या धेरै पुगेको छ । चीनमा तीन हजार दुई सय ४८ जनाको ज्यान गएको छ भने इटलीमा तीन हजार चार सय पाँच जनाले ज्यान गुमाएका छन् । इटलीमा पछिल्लो २४ घण्टामा चार सय २७ जनाले ज्यान गुमाएका छन भने पाँच हजार तीन सय २२ जना नयाँ सङ्क्रमित थपिएका छन् । ४१ हजार भन्दाबढी सङ्क्रमित भएको इटलीमा चार हजार चार सय ४० जना उपचारपछि घर फर्केका छन्।
अहिलेसम्म चीनमा ३ हजार २ सय ४८ को मृत्यु भैसकेको छ भने संक्रमितको संख्या ८० हजार ९ सय ६७ पुगेको छ । त्यस्तै ईरानमा ३ हजार ४ सय ५ को मृत्यु भएको छ भने १८ हजार ४ सय ७ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै फ्रान्समा ३ सय ७२ को मृत्यु भएको छ भने १० हजार ९ सय ९५ मा संक्रमण पुष्टि भएको छ । त्यसैगरि अमेरिकामा २ सय १८ जनाको मृत्यु भएको छ भने १४ हजार ३ सय १६ जना संक्रमित रहेका छन ।
इटली, इरान, स्पेन, फ्रान्स, अमेरिका, बेलायत लगायतका देशमा नयाँ सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या उच्च रहेको छ । झण्डै दुई लाख ४५ हजार ६ सय भन्दाबढी सङ्क्रमित भएकोमा ८८ हजार चार सय ३७ जना उपचारपछि घर फर्किसकेका छन्् भने बाँकीको उपचार भइरहेको छ ।