दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीको नाममा सम्बोधन गर्दै आइतवार जनता कर्फयु लगाउने बताएका छन् । उनले सम्बोधन गर्दै भने आइतवार बिहान ७ बजेदेखि राती ९ बजेसम्म जनात कर्फयु लाग्ने जनाएका छन् । उनले देशबासीलाई एक दिनका लागि भए पनि घरमै बसेर सहयोग गर्न आह्वान समेत गरे । उनले यो सबैको साझा लडाइ भएकाले सहयोग गर्न अपिल समेत गरे ।
तर पुलिस, मिडिया तथा स्वास्थ्य सेवा लगायत अति आवश्यकत सेवा भने बन्द नहुने जनाएका छन् । यसरी भारतमा कोरोना तिब्र फैलिन थालेपछि भारत सरकारले यस्तो कमद चालेको हो । यो सफल भए यसलाई लम्ब्याउने तायरी रहेको भारतीय मिडियाले जनाएका छन् ।
अहिलेसम्म भारतमा ५ जनाको मृत्यु भइसकेको छ । लगभग ३ सयको हाराहारमिा संक्रमण भएको जनाइएको छ ।