डडेल्धुरामा ९५ जनालाई क्वारेनटाइनमा

आजभोलि

अमरगढी । डडेल्धुरा जिल्लामा भारतबाट फर्केका ९५ जनालाई जिल्ला प्रशासन कार्यालय डडेल्धुराले क्वारेन्टाइनमा राख्न जिम्मा लगाएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो ।

मङ्गलबार सुदूरपश्चिम प्रदेशको गौरीफन्टा र गड्डाचौकी नाकाबाट आएका डडेल्धुरा जिल्लाका परशुराम नगरपालिकाका ३९, भागेश्वर गाउँपालिकाका १०, नवदुर्गा गाउँपलिकाका ११, गन्यापधुरा गाउँपालिकाका ९, अजयमेरु गाउँपालिकाका ५, अमरगढी नगरपालिका–१० का १० जना र वडा नं। ९ का ११ जनालाई स्थानीय तहको समन्वयमा सम्बन्धित पालिकामा पठाइएको डडेल्धुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनुभयो ।

यस्तै पुरशुराम नगरपालिको त्रिवेणी बहुमुखी क्याम्पसमा ३९ जनालाई क्वारेन्टाइनमा राखिएको र अन्य पालिकाले पनि क्वारेन्टाइनमा राख्ने तयारी गरेको प्रजिअ पन्तले बताउनुभयो ।

अहिलेसम्म कोरोनाको प्रभाव जिल्लामा नपरेको भए पनि मानसिक र सम्भावित सङ्क्रमणबाट जोगिन सरकार, स्थानीय प्रशासन र स्थानीय सरकारले गरेको अपिल मानिदिन उहाँले आग्रहसमेत गर्नुभएको छ । बेलाबेलामा आफू र आफ्नो परिवारको सरसफाइमा ध्यान दिन र घरमै बस्न आग्रह गर्नुभएको छ ।

  • १२ चैत्र २०७६, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !