संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८५ जना भन्दाढी कर्मचारी कोरोना भाइरसबाट संङ्क्रमित भएका छन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको शिकार अन्तर्रा्िष्ट्रय सहयोगी संस्थाका कर्मचारीहरु पनि भएका हुन् । राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकका अनुसार सङ्क्रमित मध्ये अधिकाशं युरोपेली मुलुकमा खटिएका कर्मचारी रहेका छन् ।
त्यसैगरी अफ्रिका, एसिया, मध्यपूर्व र अमेरिकामा खटिएका केही कर्मचारी पनि सङ्क्रमित भएका छन् । बिरामी भएका मध्ये अधिकांश सामान्य अवस्थामा रहेको पनि उनले जानकारी दिए । उनीहरुले घरबाटै काम गरिरहेको पनि प्रवक्ता डुजारिकको भनाई छ ।
यस्तै विश्वभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ६ लाख २० हजार नाघेको छ । अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २८ हजार ६ सयभन्दाबढी छ । १ लाख ३७ हजार ३ सयभन्दमबढी उपचारपछि घर फर्किएका छन् ।यस्तै, श्रीलङ्कामा कफ्र्यु उल्लंघन गरेका हजारौलाई प्रहरीले पक्राउ गरेको छ । कफ्र्यु उल्लघंन गरी पक्राउ पर्नेमा धेरैजसो मस्जिदमा प्रार्थना गर्न गएका मुस्लिम धर्मावलम्बीहरु रहेका छन ।
श्रीलङ्कामा भाइरसको सङ्क्रमण थप फैलिन नदिन मार्च २० तारिखदेखि कफ्र्यु लगाईएको छ । सरकारले अत्यावश्यक काम पर्ने बाहेकलाई हिडडुल गर्न निषेध गरेको छ । श्रीलङ्कामा कोरोना भाइरसबाट १०० जनाभन्दाबढी संक्रमित भएकाले कफ्र्यु लगाइएको हो ।
तीन महिनाअघि चीनबाट शुरु भएको भाइरस २०१ मुलुकमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। यो संख्या संयुक्त राष्ट्र संघका सदस्य मुलुकभन्दा बढी हो। राष्ट्र संघमा १९३ मुलुक सदस्य छन्।