जर्मनीको हेसे राज्यका अर्थमन्त्री थोमस शाफेरले आत्महत्या गरेका छन् । कोरोना भाइरसको संकटको अवस्थालाई लिएर उनी निकै निराश रहेको हेसे राज्यका गर्भनर भोल्कर बुफियरले बताएका छन् । त्यसकै कारण उनले आत्महत्या गरेको बताइएको छ ।
जर्मन चान्सलर एन्जेला मर्केलको क्रिश्चिय डेमोक्रेटिक युनियका सदस्यसमेत रहेका थोमस फ्र्याङफर्टस्थित होछेम नजिकैको रेलको ट्र्याकमा शनिबार मृत भेटिएका थिए । प्रहरी र अभियोजकहरुले गरेको अनुसन्धान र प्रत्यक्षदर्शीको बयान लिँदा उनले आत्महत्या गरेको निष्कर्ष निकालेका हुन् । गभर्नर बुफियरले थोमसको मृत्युलाई कोरोना भाइरसको संकटसँग जोडेका छन् ।