हेटौँडाबाटै कोराना भाइरसको परीक्षण हुने

आजभोलि

हेटौँडा । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले आजदेखि प्रदेश राजधानी हेटौँडाबाटै कोरोना भाइरस परीक्षण हुने बताउनुभएको छ । आइतबार रासससँग कुरा गर्दै मन्त्री दुलालले हेटौँडाको किटजन्यरोग अनुसन्धान केन्द्र (भिभीडी आरटिसी) मा रहेको प्रयोशालालाई व्यवस्थित बनाएर कोरोना भाइरसको परीक्षण गरिने बताउनुभयो ।

यही स्वाब सङ्कलन गरेर परीक्षण गर्ने र सङ्क्रमित पाइएमा उपचारका लागि व्यवस्था गरिने बताइएको छ । मन्त्री दुलालले प्रदेश नं २ का विभिन्न जिल्लालाई पायक पर्ने गरी हेटौँडामा प्रयोगशाला सञ्चालन गरिएको बताउनुभयो । सङ्क्रमितलाई राख्नका लागि प्रदेश सरकारले आइसीयूसहितको ३०० आइसोलेसन कक्ष निर्माण गरेको बताउनुभयो । मन्त्री दुलालले सबै आइसोलेसन कक्षमा सम्पूर्ण उपकरणसहितको चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।

प्रदेशमा भएका १३ मध्ये काठमाडौँबाहेक सबै जिल्लामा आइसोलेसन कक्ष तयार पारेको उहाँले बताउनुभयो । नुवाकोटमा १०, रसुवामा २०, धादिङमा सात, चितवनको भरतपुर अस्पतालमा २० र गुञ्जनगरमा २० श्ययाको आइसोलेसन कक्ष निर्माण छ । मकवानपुरमा सघन उपचारकक्षसहित ३५ श्यया आइसोलेसन तयार भइसकेको र ७० श्यया तयार हुँदै गरेको, सिन्धुलीमा पाँच श्यया तयार भएको र पाँच तयार हुँदै गरेको, रामेछापमा निजी क्षेत्रसँगको साझेदारीमा २० श्यया तयार भएको, दोलखामा १७ श्यया, सिन्धुपाल्चोकमा १७ श्यया, भक्तपुरमा २१, काभ्रेमा २० श्यया तयार भएको छ ।

प्रदेशअन्तर्गतका अस्पतालमा इन्फ्रारेड थर्मोमिटर तुरुन्तै खरिद गरी स्वास्थ्य निर्देशनालयमार्फत पहिलै पठाइसकिएको तथा प्रदेशस्तरीय ¥यापिड रेस्पोन्स टिम, उच्चस्तरीय अनुगमन समिति निर्माण गरी अनुगमन एवं विभिन्न प्रचारप्रसार, सूचना सञ्चारका गतिविधिको सञ्चालन भइरहेको बताइएको छ ।

  • २० चैत्र २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !