कञ्चनपुर । सुदूरपश्चिको कञ्चनपुर जिल्लाको पुर्नवासस्थिति सुविधा नगरमा एसएसवीको गोली प्रहारबाट मृत्यु भएका नेपाली नागरिक गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिने भएको छ । आइतवार उनको अन्त्यष्टि गरिने स्थानीय प्रशासनले जनाएको छ ।
नेपाल सरकारले शुक्रवार उनलाई शहिद घोषणा गरेको थियो । सरकारले १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो ।उनलाई ११ तोपको सलामी दिइने भएको छ भने अन्तेष्टिमा नेपाल प्रहरीले शोक धुन बजाउने छ ।
शनिवार सेती अञ्चलअस्पतालमा उनको शव पोष्टमार्टम गरिएको छ । स्थानीय राजनीतिक दल तथा उनका आफन्तको रहोवारमा उनको पोष्टमार्टमा गरिएको हो ।
उनको आइतबार बिहान साढे ८ बजे शवयात्रा निकालिनेछ । शवयात्रापछि दोधा नदीमा सरकारी सम्मानका साथ अन्त्येष्टि गरिने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।