मुख्यमन्त्रीको पट्यारलान्दो निबन्धनात्मक सम्बोधनः आखिर हात्ती आयो हात्ती आयो फुस्स !

आजभोलि

एल बी बिद्रोहीको विश्लेषण । देशमा कोरोना फैलिएपछिको सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले पहिलो पटक सम्बोधन गरेका छन । ६ पेज लामो पट्यारलाग्दो सम्बोधन औपाचारिकतामै सिमित रह्यो । यसले सुदूरपश्चिमबासीलाई निराशाा बाहेक अरु दिन सकेन । आशामा रहेको नगारिक निरास भएका छन् । निकै आशा गरिएको सम्बोधन कुनै विशेष प्याकेज बिना नै ल्याइएकोमा आलोचना समेत भएको छ ।

देशको सबै भन्दा बढी कोरोना संक्रमित यस प्रदेशमा अरु भन्दा बढी जोखिम रहेको स्वास्थ्य विज्ञहरुले जानकारी दिएका छन् । नेपालमा कोरोना संक्रमित ९ जना मध्ये ४ जना यसै प्रदेशमा रहेका छन् । जसको कारण जनता निकै त्रसित र चिन्तित छन् । तर तयारी भने निकै कमजोर रहेकोछ ।

मुख्यमन्त्रीले राहतका नयाँ र विशेष प्याकेज भन्दा पनि यस अघिकै मन्त्रीपरिषद्ले गरेका निर्णय सार्वजनिक गरेर आफ्नो सम्बोधन सकाए । प्रदेशले ४० करोडको कोरोना राहत कोषको बारेमा पनि स्पष्ट केही भनिएको छैन् । राहत अहिले कति पुग्यो । के के काममा खर्च हुन्छ । यो कोषबाट यस प्रदेशका मानिसले के कति सुविधा पाउँछन्, त्यो पनि उल्लेख गरिएको छैन् ।

सम्बोधनमा स्थानीय तहलाई दिने भनेको रकम के का लागि दिने हो । त्यसको प्रयोजन के हो । त्यो पनि स्पष्ट पारिएको छैन् । स्थानीय तहहरुले आफ्नै कोषबाट खर्च गरिरहेको अवस्थामा प्रदेश सरकारले दिनेभनेको रकम दुरुपयोग हुने देखिन्छ । स्थानीय तहले क्वारेन्टिन निर्माणका लागि खर्च गरिहेका छन् । त्यसको पनि सदुपयोग भइरहेको छैन् । यसकारण सस्तो लोकप्रियताको लागि दिने यो वितरणमुखी बजेटको औचित्यतामाथि प्रश्न उठीरहेको छ ।

सेती प्रादेशिक अस्पतालमा हाल कोरोना परिक्षण प्रयोगशालाको स्थापना गरिएको छ । मुख्यमन्त्रीले सम्बोधनमा थप डोटी तथा वैतडी जिल्ला अस्पतालमा थप परिक्षण प्रयोगशाला स्थापना गर्ने भनेका छन् । जसको समयावधि तय गरिएको छैन् । र, के कति अवाश्यकता पर्छ, त्यो पनि उल्लेख छैन् । स्वास्थ्य सामाग्री खरिद गर्ने भनिएको छ । तर आवश्यक सामाग्रीको विवरण छैन् । अर्को कुरा पहाडी जिल्लाको लागि मध्यभाग रहेको डडेल्धुरा जिल्ला अस्पतालमा परिक्षणको व्यवस्था गरिएको छैन । जुन व्यवहारिक छैन् ।

प्रदेश सरकारले कोरोनाको विरामीका लागि आवश्यक क्वारेन्टिन बेड कति ओटा बनाएको छ । कति जना क्वारेन्टिनमा रहेका छन् । पहाडी जिल्लामा रहेकाहरुको परिक्षण कसरी हुन्छ । कतै उल्लेख छैन् । सरकारी तथा निजी अस्पतालमा आइसोलसन बेड कतिओटा छन् । कसरी व्यवस्थापन हुन्छ । यस प्रदेशमा आइसियु तथा सीसीयु कक्ष कति ओटा छन् । भ्यान्टिलेटर कति ओटा छन् । कसरी व्यवस्थापन हुन्छ कहीकतै उल्लेख छैन । यो सम्बोधन झारो टाराइ गर्ने मेसो मात्र देखिन्छ ।

भारत र नेपालमा कोरोना संक्रमण देखिएपछि भारतबाट नेपाल लगभग ३ लाख भन्दा बढी नेपालीहरु यस प्रदेशमा भित्रीएका छन् । न त सीमामा स्वास्थ्य परिक्षण गरियो । न त लकडाउनपछि आएकाहरुलाई क्वारेन्टिनमा राखियो । उनीहरुलाई सिधै पहाडी जिल्लााहरुमा पठाइयो । जुन आफैमा आलोचनायोग्य कार्य हो । मुख्यमन्त्रीको यो कार्यको खुबै आलोचना समेत भएको छ ।

उनको सम्बोधनले न त कुनै नयाँ राहतका कार्यक्रमहरु ल्याएको छ । न यस क्षेत्रका जनतालाई विश्वस्त पार्न सकेको छ । उनको सम्बोधन जति लामो थियो, त्यति नै पट्यारलाग्दो थियो । उनले सम्बोधन अवधिभरी जनतालाई अर्ती उपदेश मात्रै दिए । र, रुन्चे स्वरमा एकोहोर निबन्ध पढेजस्तो वाचन गरिरहे । जसले यस क्षेत्रका जनतामा अन्यौलता थप्यो । विरामी भएपनि उपचार नपाइने हो की भन्ने चिन्तालाई झन बढायो । मुख्यमन्त्रीको सम्बोधन आखिर हात्ती आयो हात्ती आयाृ फुस्सत भयो ।

संघीय सरकारसँग उचित माग राख्न नसक्दा सुदूरपश्चिममाथि संघले कुनै तिब्र चासो राखेको छैन् । सबै भन्दा बढी प्रभावित यस क्षेत्र पीपीइ तथा आवश्यक प्राविधिक सामाग्री पनि न्यून पठाएको छ । जसको कारण स्वास्थ्यकर्मीलाई कामगर्न कठिन भइरहेको छ । अझ पहाडी जिल्लामा त झन कठिन अवस्था छ । न त प्रयाप्त स्वास्थ्यकर्मी छन, न त स्वास्थ्य उपकारण नै छन् । यस्तो अवस्थामा प्रदेश सरकारको भूमिका अहम हुनु हो । तर कमजोर देखियो । बेलैमा उचित समन्वयको काम पनि हुन सकेन । जुन अझ सबैभन्दा बढी चिन्ताको विषय हो ।

  • २३ चैत्र २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !