भारतले ३ मे सम्म लकडाउनको अवधि बढाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै ३ मे सम्म लकडाउनको अवधि बढाउने घोषणा गरेका हुन् ।
उनले कोरोनाको अहिलेसम्म खोप नबनेकाले यसलाई रोक्नु एकमात्र बिकल्प घरमै बस्नु रहेकाले लकडाउन बढाउनुको बिकल्प नभएको बताए । उनले नागरिकस्तरबाटसमेत लकडाउन बढाउन सुझाव आएकाले आफूले यस्तो निर्णय लिनुपरेको बताए । यसअघि भारतले तीन साताका लागि लकडाउनको घोषणा गरेको थियो ।
त्यसको अवधि बुधबार सकिंदै थियो । कोरोना संक्रमणबाट भारतम अहिलेसम्म तीन सय भन्दा बढीको मृत्यु भइसकेको छ भने दश हजार भन्दा बढी संक्रमित भएका छन् ।