अध्यादेश आपत्तिजनक कदम र गैह्र जिम्मेवार प्रवृत्ति : देउवा

आजभोलि

काठमाडौं । सरकारले आज जारी गरेको संवैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी अध्यादेशप्रति काँग्रेस सभापति शेरबहादुर देउवाले आपत्ती जनाएका छन् ।

सभापति देउवाले एक विज्ञप्ती जारी गर्दै अध्यादेशप्रती गम्भीर असहमति रहेको जनाएका छन् ।देउवाले सरकारको यस कदमलाई आपत्तिजनक कदम र गैह्र जिम्मेवार प्रवृत्ति भनेका छन् ।

अध्यादेशलाई देउवाले अलोकतान्त्रिक एवं संविधानको मर्म विपरीत भनेका छन् । विज्ञप्तीमा भनिएको छ, ‘संविधान निर्माण गरिंदा राजनैतिक स्थिरताको बन्दोबस्त गरिएको थियो । संगैमा संवैधानिक नियुक्तिहरुमा साझा स्वामित्वको परिकल्पना गरिएको थियो । नागरिक जीवन संकटमा रहेको घडी सरकारले चालेको कदम र रास्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले यी सबै ब्यवस्थालाई हठात उलंघन गरेको छ ।’

‘कोरोनाको संक्रमण बाट नेपाल र नेपालीको रक्षा गर्ने यो घडीमा सबै खाले विमति र आग्रहहरुबाट माथी उठेर नेपाली कांग्रेसले सरकारलाई हरसंभव सघाउंदै आएको छ । यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो । यो घडी सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो ।’, जारी विज्ञप्तीमा भनिएको छ ।

  • ८ बैशाख २०७७, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !