मेरियट होटलको कोठा नम्बर ७०१ देखि ७१५ सम्म समाजवादीका विद्रोही नेता, प्रधानमन्त्रीले खान र बस्न प्रबन्ध गरेको आरोप

आजभोलि

काठमाडौं । मेरियट होटलको कोठा नम्बर ७०१ देखि ७१५ सम्म नयाँ पार्टी गठन गर्न समाजवादी पार्टीबाट विद्रोह गरेका संसदहरू बसेको खुल्न आएको छ ।

समाजवादी पार्टीका केन्द्रीय सदस्य र सञ्चार बिभाग उपप्रमुख विश्वदिप पाण्डेले आफ्नो फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री केपी ओलीले उनीहरूलाई बस्न र खानको व्यवस्था गरेको उल्लेख गरेका छन् ।

पाण्डेले भनेका छन्, ‘पाँचतारे मेरियट होटल, नक्सालमा समाजवादी पार्टीका सांसदहरुलाई प्रमको तर्फबाट हिजोबाट खान बस्न सबै व्यवस्था गरिएको छ । ७०१-७१५ सम्मका कोठामा समाजवादीका सांसदहरूलाई, केहीलाई डर, केहीलाई मन्त्री पद र केहीलाई आर्थिक लगायत प्रलोभन देखाएर, राखिएको छ ।’ 

उनका अनुसार अपरण गरिएका भनिएका सुरेन्द्र यादव सुरक्षा घेरातोडी भाग्न सफल भएका छन् । यादव अहिले पार्टीको सम्पर्कमा आएको समेत उनले भनेका छन् ।

पाण्डे आफैले यादवलाई लिएर सुरक्षित स्थानमा राखिएको समेत खुलासा फेसबुक मार्फत गरेका छन् ।

पूर्व आइजिपी सर्वेन्द्र खनाल, महेश बस्नेत र व्यापारी किसान श्रेष्ठले काठमाडौंबाट प्रमको निर्देशनमा सुरेन्द्र यादवलाई मन्त्री बनाउने हो हिँड्नुस् काठमाडौ भन्दै दबाब दिँदै प्रमसँग फोनमा कुरा पनि गराएर सरकारी गाडीमा काठमाडौ ल्याइएको समेत विश्वदिप पाण्डे बताएका छन् ।

यस्तो आरोपका सम्बन्धनमा बालुवाटार स्रोतसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

पाँचतारे मेरियट होटल, नक्सालमा समाजवादी पार्टीका सांसदहरुलाई प्रमको तर्फबाट हिजोबाट खान बस्न सबै व्यवस्था गरिएको छ ।…

Posted by Bishwadeep Pandey on Wednesday, April 22, 2020

पूर्व स्वास्थ्यराज्यमन्त्री तथा सांसद सुरेन्द्र यादव मेरियट होटलमा प्रमले बनाएको घेरा तोडेर निस्कन सफल । केहीबेरमा…

Posted by Bishwadeep Pandey on Wednesday, April 22, 2020

  • ११ बैशाख २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !