पूर्वराजाको सवारी पास रद्द गरेर सरकारले निर्लज्जता प्रदर्शन गरेको थापा आरोप

आजभोलि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वराष्ट्राध्यक्ष ज्ञानेन्द्र शाहको झापाबाट काठमाडौं आउने सवारी पास रद्द गरेर सरकारले निर्लज्जता प्रदर्शन गरेको आरोप लगाएका छन् ।

सामाजिक संजालमार्फत अध्यक्ष थापाले सर्वसाधारण नागरिक सरह लकडाउनको ईमान्दार पालना गर्दै सरकारी नीति नियम बमोजिम अनुमति लिएर घर फर्कन लाग्दा अवरोध गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

पूर्वराजा शाह आज झापाबाट काठमाडौं आउनका लागि बिहीबार जिल्ला प्रशासन कार्यालय झापाबाट पास लिएकोमा पास दिएको केहीबेरमा रद्द गरिएको थियो ।

  • २ जेष्ठ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !