यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित )

आजभोलि

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको संक्रमणविरुद्ध एकढिक्का भएर लाग्न सबैलाई आग्रह गरेकी छन् ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति भण्डारीले कोरोनाविरुद्धको अभियानमा सबैलाई एकढिक्का भएर लाग्न आग्रह गरेकी हुन् ।

उनले सरकारले चालेको कदममा साथ दिई सहयोग गरेकोमा सबैमा धन्यवाद दिंदै संक्रमण थप फैलिन नदिन र महामारी फैलिन नदिनका लागि सबैलाई आग्रह गरेकी छन् ।

राष्ट्रपति भण्डारीले राजनीतिक स्थायित्वमा मात्रै जनमतको सम्मान हुने बताइन् । उनले सरकार परिपूर्ण लोकतन्त्रतर्फ अघि बढेको पनि बताइन् । राजनीतिक स्थायित्व मुलुकको दीर्घकालीन र अवरोधरहित विकासका लागि अत्यत्न महत्वपूर्ण हुने भन्दै राष्ट्रपतिले राजनीतिक स्थायित्वमा मात्रै जनमतको सम्मान हुने बताइन् ।

उनले सरकारले दुईवर्षको छोटो अवधिमै उत्साहवद्र्धक उपलब्धि हालिस गर्न सफल भएको बताइन् । राष्ट्रपतिले मुलुकमा शान्ति र अमनचयन कायम भएको दाबी समेत गरेकी छन् ।

उनले कोरोना भाइरसका कारण रोजगारी गुमाएकाहरूलाई स्थानीय तहमार्फत राहत उपलब्ध गराइएको, मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र राष्ट्र हितको रक्षा भएको छ दाबी गरेकी छन् । उनले कोरोना महामारीका कारण मानवजातिमाथि सबैभन्दा ठूलो संकट पैदा भएको भन्दै नीति तथा कार्यक्रमले कोरोना प्रभावले पारेका असर न्यूनीकरण गर्न कार्यक्रमहरु बनाइएको बताइन् । कोरोनाका कारण मौजुदा स्वास्थ्य सुविधा अपर्याप्त देखिएको भन्दै उनले स्वास्थ्य पूर्वाधार र रोजगारी प्राथमिकता रहेको उल्लेख गरिन् ।

पूर्णपाठ हेर्नुस्

सरकारको नीति तथा कार्यक्रम(पूर्णपाठ)

  • २ जेष्ठ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !