काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गराएको छ ।
शनिबार बसेको काँग्रेस संसदीय दलको बैठकले सरकारको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता हो । उक्त संशोधन प्रस्तावको प्रस्तावकमा डा. मिनेन्द्र रिजाल र समर्थक सचेतक पुष्पा भुसाल र सांसद संजय गौतम रहेका छन् ।
सरकारले कोराना संकटका बेला नीति तथा कार्यक्रम ल्याउँदा प्राथमिकता नै पहिचान गर्न नसकेको बैठकले निष्कर्ष निकालेको सांसद डिला संग्रौलालाले जानकारी दिइन् ।
बैठकमा सांसदहरुले आगामी दिनमा संसदमा प्रस्तुति आक्रमक बनाएर लैजानुपर्ने जोड दिएका छन् ।